NL न्यूज
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत एक सब–इन्जिनियरलाई सर्लाहीको मलंगवा नगरपालिका–१० मा गोली हानी हत्या गरिएको छ । सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सब–इन्जिनियर प्रमोदकुमार यादवमाथि आइतबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार उनको छातीमा गोली लागेको थियो।
गम्भीर घाइते भएका प्रमोदलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए । मृतक प्रमोद मलंगवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए।
प्रकाशित मिति:
सोमबार, फागुन ४, २०८२
०८:५५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्