Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सरकालाई दुर्गा प्रसाईंको चेतावनी, पुस १० गतेसम्म माग पुरा नभए चुनाव हुन नदिने

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरु र जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए अगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । 

उनले नागरिक बचाउ अभियानले अघि सार्दै आएका मागहरु पूरा गर्न सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम समेत दिएका छन्  ।

उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई वार्ताको नाममा जिस्क्याउने काम नगर्न समेत चेतावनी दिए ।  हेर्नुहोस् भिडियो 

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार