NL न्यूज
काठमाडौं | प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न अब केवल १७ दिन बाँकी छ । मतदानको मितिभन्दा १५ दिन अघिबाट मात्र औपचारिक निर्वाचन प्रचारप्रसारहरू गर्न पाइने व्यवस्था अनुसार आजबाट जुलुस, आमसभा, कोणसभा गर्न पाइने छ । यस्तै सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण पनि गर्न सकिने छ।
निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ। आचारसंहिता उल्लङ्घनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ।
यसैगरी, दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि प्रचारप्रसार गर्न पाउनेछन्।

प्रकाशित मिति:
सोमबार, फागुन ४, २०८२
०८:४३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्