NL न्यूज
मुम्बई । आईसीसी टि२० विश्वकपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । हारसँगै नेपाल औपचारिक रुपमै सुपर एटको दौडबाट बाहिरिएको छ भने वेष्ट इण्डिज सुपर एटमा पुगेको छ ।
समूह चरणको तेस्रो खेलमा आइतबार नेपाल वेष्ट इण्डिजसँग ९ विकेटले पराजित भयो ।
मुम्बईस्थित वाङखेडे क्रिकेट मैदानमा नेपालले दिएको १३४ रनको लक्ष्य लेष्ट इण्डिजले १५ ओभर २ बलमा हासिल ग¥यो । वेष्ट इण्डिजलाई जिताउनका लागि साई होपले नटआउट ६१ रन बनाए भने सिम्रन हेटमेयरले ४६ रन जोडे । ओपनर ब्रान्डन किङले २२ रन बनाएका थिए । नेपालको एकमात्र विकेट नन्दन यादवले लिएका थिए ।
समूह चरणमा अपराजित वेष्ट इण्डिज ६ अंक बनाएर सुपर एटमा स्थान सुरक्षित ग¥यो भने नेपाल औपचारिक रुपमा सुपर एटमा नपुग्ने पक्का भएको छ ।
अब नेपालले सान्त्वना जितका लागि मंगलबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।





प्रतिक्रिया दिनुहोस्