NL न्यूज
काठमाडौं | टी-२० विश्वकपको तेस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर नेपाललाई पहिलो ब्याटिङ गर्न मैदानमा बोलाएको वेस्ट इन्डिजका बलरहरूले राम्रो प्रदर्शन गरेपछि नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा केवल १३३ रन बनाउन सफल भएको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ५८ रन बनाउन सफल भए । विश्वकपमा अर्ध सतक बनाउन सफल उनी दोस्रो खेलाडी हुन् । उनले ३ छक्का र ३ चौका प्रहार गर्दै ४७ बलमा ५८ रन बनाएका हुन् । यस्तै सोमपाल कामी १५ बलमा २६ रन बनाएर अविजित रहे । ऐरी र कामीको जोडीले खेलको अन्तिम अन्तिममा गरेको साझेदारीले नेपालले सम्मानजनक स्कोर खडा गर्न सकेको हो ।
वेस्ट इन्डिजका बलर जेसन होल्डरले ४ विकेट लिन सफल भए ।

प्रकाशित मिति:
आइतबार, फागुन ३, २०८२
१३:०४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्