Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेसको प्रतिज्ञापत्र बुधबार जनकपुरमा सार्वजनिक गरिने

काठमाडौं | नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिए । उनले अब उक्त कार्यक्रम बुधबार जनकपुरमा हुने बताए ।

कांग्रेसले ६ गते मधेश प्रदेशको जनकपुरधामबाट औपचारिक रुपमा चुनावी सभाको सुरु गर्ने जानकारी दिए । सोही सभाबाट प्रतिज्ञापत्र सार्वजनिक गरिने पनि उनले बताए । निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न आइतबारसम्मको समय दिइसकेको छ ।

कांग्रेसले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाए पनि सार्वजनिक भने बुधबार मात्रै गर्ने भएको हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार