NL न्यूज
रौतहट । गौर स्थित करदाता सेवा कार्यालय सिमरा सार्ने प्रयासपछि शुक्रबार बजार क्षेत्र तनावग्रस्त बनेको छ। कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी भएको खबर सार्वजनिक भएपछि स्थानीय व्यापारीहरू आन्दोलित बनेका हुन्।
स्थानीय व्यवसायीको अवरोधपछि ट्रकमा लोड गरिएका कार्यालयका सामग्रीहरू पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको छ। गौर बजारको केन्द्रभागमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालय चुपचाप सार्न खोजिएको भन्दै व्यापारीहरूले विरोध जनाएका छन्।
रौतहट उद्योग वाणिज्य संघ का पदाधिकारीसहित स्थानीय व्यापारीहरू ट्रकअगाडि धर्नामा बसेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
स्थानीय युवाहरूले ट्रक रोकेपछि अन्य व्यवसायीहरू पनि सडकमा उत्रिएका थिए। बजार बन्दको घोषणा गरिएपछि अन्ततः ट्रकबाट सामान अनलोड गरिएको हो।
उनीहरूले निर्वाचनको पूर्वसन्ध्यामा सेवा केन्द्र हटाउने कदमले स्थानीय सेवाग्राही र व्यापारीहरू प्रत्यक्ष मारमा पर्ने चेतावनी दिएका छन्। हाल गौर बजारमा पसल बन्द गरेर प्रदर्शन जारी छ। भन्सार कार्यालय अगाडि नाराबाजी भइरहेको छ भने सरकारको निर्णय फिर्ता लिन माग गरिएको छ। प्रशासनले अवस्था सामान्य बनाउने प्रयास जारी रहेको जनाएको छ।

प्रकाशित मिति:
शुक्रबार, फागुन १, २०८२
१६:१७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्