NL न्यूज
काठमाडौं । आज जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ ।
आकस्मिक हड्तालको घोषणाले शैक्षिक संस्थाहरू विद्यालय बन्द गर्ने कि नगर्ने अन्योलमा परेका छन् ।
केही विद्यालयहरुले भने आफ्नो एप मार्फत आज आकस्मिक रुपमा विद्यालय बन्द रहने सुचना अभिभावकहरुलाई दिएका छन् । प्याब्सन र एनप्याब्सनले कुनै औपचारिक निर्णय गरेको छैन र सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेको छ ।
हड्ताल घोषणा गर्ने युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भनिएको छ । निजी विद्यालयले लिइरहेको शुल्कमा ५० प्रतिशत घटाउनुपर्ने, विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले भोट हाल्न पाउनु पर्ने लगायतको १८ बुँदे माग राखिएको संगठनले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्