Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० क्रिकेट विश्वकप: जिम्बाब्वेद्वारा उपाधि दाबेदार अष्ट्रेलिया २३ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप अन्तर्गत समूह चरणको खेलमा जिम्बाब्वेले उपाधि दाबेदार अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ।

१७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमै अलआउट भयो। वरीयतामा दोस्रो स्थानमा रहेको अष्ट्रेलिया ११औँ स्थानको जिम्बाब्वेसँग स्तब्ध बन्यो।

अष्ट्रेलियाका लागि म्याट रेन्शले ६५ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। ग्लेन म्याक्सवेल ले ३२ बलमा ३१ रन जोडे भने ट्रेभिस हेड १५ रनमा सीमित भए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।

जिम्बाब्वेका लागि ब्लेसिङ मुजारबानी ले ४ विकेट लिएर खेलको दिशा बदलिदिए। ब्राड इभान्सले ३ विकेट लिए भने वेलिङटन मसाकदजा र रायन बुरीले समान १–१ विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। ब्रायन बेनेटले अविजित ६४ रनको अर्धशतक बनाए। तडिवानासे मारुमनी र रायन बुर्लले समान ३५–३५ रन जोडे भने सिकन्दर रजाले अविजित २५ रनको योगदान दिए।
अष्ट्रेलियाका लागि मार्कुस स्टोइनिस र क्यामरुन ग्रिनले समान १–१ विकेट लिए।

यसअघि अष्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हराएको थियो भने जिम्बाब्वेले ओमानमाथि ८ विकेटको जित निकालेको थियो। तर यस खेलले समूहको समीकरणलाई पूर्ण रूपमा बदलिदिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार