Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इटालीसँग चलेन नेपालको जादू, १० विकेटको लज्जास्पद हार

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह सी को दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। इटलीका एन्थोनी र जस्टिन मोस्का दाजुभाइले शतकिय साझेदारी गर्दै नेपालले दिएको १२४ रनको लक्ष्य १२.४ ओभरमा पूरा गरे। यो नेपालका लागि टी-२० विश्वकपमा पहिलो पटक १० विकेटले पराजित भएको घटना हो।

नेपाल समूह चरणको लगातार दोस्रो हार भोग्दै सुपर ८ पुग्ने सम्भावना कमजोर बनाएको छ। पहिलो खेलमा दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्यान्डसँग ४ रनले हार भोगेका नेपाली टोलीले इटलीविरुद्ध पनि कमजोर ब्याटिङ प्रदर्शन गर्‍यो।

नेपालले १९.३ ओभरमा १२३ रनमा अलआउट भयो। आरिफ शेखले सर्वाधिक २७ रन बनाएका थिए। कप्तान रोहित पौडेलले २३ रन जोडे भने ओपनर आशिफ शेखले २० रन बनाएका थिए। उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे। करण केसी अविजित १८ रनमा रहे। तर अन्य खेलाडीले २० रनको आँकडा समेत पुरा गर्न सकेनन्।

इटलीका मोस्का दाजुभाइले पावर प्लेमा ६८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे। जस्टिनले ११ औं ओभरमा अर्धशतक पूरा गरे भने एन्थोनीले पनि छक्काको मद्दतले अर्धशतक बनाएका थिए।

नेपालको इनिङ्समा पहिलो विकेट ८ रनमै गयो। रोहित पौडेल र आशिफ शेखले ४१ रनको साझेदारी गर्दै इनिङ्स सेट गरे, तर स्कोर ४९ मा दुवै आउट भए। त्यसपछि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे। आरिफ शेख २७ रनमा आउट भए भने दीपेन्द्र १७ रनमा आउट भए।

नेपालका लागि इटलीका स्पिनर हावी रहे। क्रिसन कालुगमागेले ४ ओभरमा ३ विकेट लिए भने बेन्जामिन मानेन्टीले २ विकेट लिए। जेजे स्मट्स, अली हसन र जसप्रित अलीले समान १–१ विकेट लिए। नेपालबाट एक खेलाडी रनआउट भए। इटलीले यस संस्करणमा डेब्यु गर्ने टोलीको रूपमा आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको हो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार