Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इटलीलाई नेपालले दियो १२४ रनको सामान्य लक्ष्य, जित्ला त नेपालले ?

मुम्बई । मुम्बईको वानखेडे स्टेडियममा जारी क्रिकेट विश्वकपको समूह चरणको दोस्रो खेलमा नेपालले इटालीविरुद्ध सामान्य १२३ रनको लक्ष्य दियो। इटालीले टस जितेर फिल्डिङ रोजेको थियो। नेपालले निर्धारित २० ओभरमा १२३ रन मात्र बनाउन सकेको छ। यसअघि समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डसँग नजिकको खेल खेलेको नेपाली टोलीले इटालीविरुद्ध कमजोर प्रदर्शन गर्दै अलआउट भयो।

नेपाली ब्याट्सम्यानहरूले लामो समय टिक्ने प्रयास गरे पनि लगातार विकेट पतनले टोलीलाई दबाबमा राख्यो। नेपालका लागि आरिफ शेख सर्वाधिक रन बनाउने खेलाडी बने, उनले २४ बलमा ३ चौकाको मद्दतले २७ रन बनाउँदै आउट भए। कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का सहित २३ रन बनाउँदै क्याच आउट भए।

पेन्द्र सिंह ऐरीले १८ बलमा १७ रन बनाए भने ओपनर आशिफ शेख २० रनमा आउट भए। कुशल भुर्तेल ५ रनमा, सन्दीप लामिछाने ५ रनमा, लोकेश बम र गुल्सन झा समान ३ रनमा आउट भए। नन्दन यादव रनआउट भएर शुन्य रनमा आउट भए। अन्ततः नेपाल २० ओभरमा १२३ रनमा अलआउट भयो।

अब इटालीलाई १२४ रनको लक्ष्य छ, जसलाई प्राप्त गर्न उनीहरूले जवाफी ब्याटिङ सुरु गर्नेछन्। समूह सी मा रहेका नेपाल र इटाली दुवै टोली पहिलो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले हार व्यहोरेको थियो भने इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार