NL न्यूज
काठमाडौं । देशका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ सूचकका आधारमा गरेको मूल्यांकनमा काठमाडौंले ४४.९७ अंक मात्र प्राप्त गरेको हो ।
सबैभन्दा उत्कृष्ट भने मोरङको विराटनगर महानगरपालिका रहेको छ । विराटनगरले ७८.११ अंकसहित पहिलो स्थान हासिल गरेको छ । दोस्रो स्थानमा ७६.३३ अंकसहित ललितपुर महानगरपालिका रहेको छ भने ६८.०४ अंकका साथ भरतपुर महानगरपालिका तेस्रो स्थानमा छ ।
त्यस्तै, पोखरा महानगरपालिका ५८.७६ अंकसहित चौथो स्थानमा, वीरगञ्ज महानगरपालिका ५४ अंकसहित पाँचौं स्थानमा रहेका छन् । काठमाडौं महानगरपालिका छैटौं अर्थात् अन्तिम स्थानमा परेको छ ।
कुन महानगर कति अब्बल ?
विराटनगर : ७८.११
ललितपुर : ७६.३३
भरतपुर : ६८.०४
पोखरा : ५८.७६
वीरगञ्ज : ५४
काठमाडौं : ४४.९७
आयोगले स्थानीय तहको मूल्यांकन गर्दा वित्तीय अनुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रका सूचकलाई आधार बनाएको थियो । १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, राजस्व संकलन र खर्चको अवस्था, बेरुजु स्थिति, तथा ‘सूत्र’ सफ्टवेयर प्रयोग जस्ता प्रशासनिक सूचक समेटिएका छन् ।
यसैगरी, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट संकलित रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत हिस्सा मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको विषय पनि मूल्यांकनमा समावेश गरिएको छ ।
सामाजिक सूचकअन्तर्गत विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, एसईई नतिजा, गर्भ परीक्षण गराउने महिलाको अनुपात र बालबालिकामा खोपको पहुँचलाई समेत आधार बनाइएको आयोगले जनाएको छ । देशभरिका स्थानीय तहमध्ये ८० अंकभन्दा बढी प्राप्त गर्ने तह भने चारवटा मात्र रहेका छन्, जसमा अधिकांश पश्चिम नेपालका स्थानीय तह छन् ।
यस प्रतिवेदनले महानगरपालिकाहरूबीच कार्यसम्पादनमा देखिएको स्पष्ट अन्तर उजागर गरेको छ । विशेषतः राजधानी काठमाडौंको कमजोर प्रदर्शनले वित्तीय अनुशासन र सेवा प्रवाहसम्बन्धी प्रश्न उठाएको छ ।

प्रकाशित मिति:
बिहीबार, माघ २९, २०८२
१५:२९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्