Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप

ईटाली भर्सेस नेपाल, टस हारेर नेपालले पहिला ब्याटिङ गर्दै, शेर मल्ल बेन्चमा, ललितलाई मौका

मुम्बई।  टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ। मुम्बईको वानखेडे रंगशालामा  इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

नेपालले टोलीमा एक परिवर्तन गर्दै अफ स्पिनर शेर मल्लको स्थानमा देब्रेहाते स्पिनर ललित राजवंशीलाई मौका दिएको छ। शेरले अघिल्लो खेलमा टी–२० अन्तर्राष्ट्रिय ‘डेब्यु’ गर्दै पहिलो बलमै विकेट लिएका थिए।

इंग्ल्यान्ड र वेस्ट इन्डिजले अघिल्लो दिन खेलेको सोही पिचमा नेपाल–इटाली खेल भइरहेको छ।

नेपालको प्लेइङ–११:
रोहित पाैडेल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी।

इटालीका नियमित कप्तान वायन म्याडसन चोटका कारण अनुपस्थित छन्। स्कटल्यान्डविरुद्ध कोलकात्तामा भएको पहिलो खेलमा काँधमा चोट लागेपछि उनी बाहिरिएका हुन्। उनको स्थानमा ह्यारी मानेन्टीले कप्तानी गरिरहेका छन्।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार