Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप क्रिकेटः श्रीलंकाको लगातार दोस्रो जित, ओमानलाई १०५ रनको विशाल अन्तरले हरायो

मुम्बई । श्रीलंकाले ट्वान्टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’मा लगातार दोस्रो जित निकाल्दै सुपर एट प्रवेशको सम्भावना बलियो बनाएको छ। बिहीबार पालेकेलेमा भएको खेलमा श्रीलंकाले ओमानलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

२ सय २६ रनको विशाल लक्ष्य पछ्याएको ओमानले ९ विकेट गुमाएर १ सय २० रन मात्रै बनाउन सक्यो। यस जितसँगै श्रीलंका ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।

ओमानका लागि मोहमद नदिमले सर्वाधिक ५३ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको ओमानविरुद्ध श्रीलंकाले ५ विकेट गुमाएर २ सय २६ रनको बलियो स्कोर खडा गरेको थियो । तेस्रो विकेटका लागि कुसल मेन्डिस र पाभन रथनायकेले ९४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।
रथनायकेले २८ बलमा ८ चौका र १ छक्कासहित ६० रन बनाए। मेन्डिसले ४५ बलमा ७ चौकासहित ६१ रन जोडे।

त्यसपछि कप्तान दसुन सनकाले आक्रामक ब्याटिङ गर्दै २० बलमै ५० रन प्रहार गरे। उनले २ चौका र ५ छक्का प्रहार गरे।

श्रीलंकाको बलिङ सामु निरीह देखिएको ओमानले सुरुदेखि नै दबाब झेल्नुपरेको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार