NL न्यूज
काठमाडौं । काठमाडौं–७ यो पटक निर्णायक मोडमा छ। २०७० र २०७४ मा एमालेको गढ मानिएको यो क्षेत्र २०७९ मा रास्वपाले भूकम्प ल्यायो । अब प्रश्न छ—लहर टिक्छ कि संरचना फर्किन्छ ? २७ उम्मेदवारमध्ये वास्तविक भिडन्त चार धारमा छ—रास्वपा, एमाले, कांग्रेस र नवगठित नेकपामै हुने देखिन्छ ।
रास्वपा : जित जोगाउने लडाइँ
२०७९ मा ८,७४३ मत ल्याएर एमालेको गढ भत्काएका गणेश पराजुली यसपटक आफ्नो कार्यकालको परीक्षणमा छन्।
उमेर: ४६
शिक्षा: स्नातक
नारा: “भ्रष्टाचार होइन, जवाफदेहिता हाम्रो प्रतिबद्धता”
समानुपातिकमा रास्वपाले १०,५८८ मत ल्याएको थियो—यो क्षेत्रमा सबैभन्दा बढी। त्यसैले आधार मत बलियो देखिन्छ। तर प्रश्न उठेको छ— “चुनावपछि न जितेका आए, न हारेका” भन्ने मतदाताको गुनासो कत्तिको गहिरो छ ? पराजुली नीति निर्माण, कमिसनतन्त्र अन्त्य, रिङरोड जस्ता ठूला परियोजनामा लबिङको कुरा गर्छन्। तर काठमाडौं–७ को भित्री बस्तीमा बस्ने मतदाता चाहन्छन्—देखिने काम। उनको सबैभन्दा ठूलो बल: २०७९ को लहरको स्मृति हो । तर सबैभन्दा ठूलो चुनौती चाहिँ त्यो लहर टिक्यो कि घट्यो? भन्ने हो ।
२. प्रकाश श्रेष्ठ (एमाले) – संगठन र अनुभवको कार्ड
दुईपटक प्रदेशसभा सदस्य
बागमती प्रदेशमा उद्योग र कृषि मन्त्री
२०७९ मा प्रदेशसभा (२) मा ५,२१८ मतसहित विजयी
४७ वर्षीय श्रेष्ठ लामो समयदेखि यही क्षेत्रमा सक्रिय छन् । उनको रणनीति काम देखाएर संघमा उक्लिने प्रयास हो । एमालेको संगठन काठमाडौं–७ मा कमजोर छैन। २०७९ मा एमालेले समानुपातिकमा ६,२९९ मत पाएको थियो।
श्रेष्ठको बल:
नेवार समुदाय
मन्त्री हुँदा काम गरेको दाबी
पुरानो पार्टी संरचना
तर कमजोरी:
२०७९ मा प्रतिनिधिसभामा एमाले पराजित
३. प्रमोदहरि गुरागाईं (कांग्रेस) – १० वर्षपछि ‘आफ्नो’ उम्मेदवार
कांग्रेसका शुभेच्छुकका लागि यो चुनाव भावनात्मक पनि हो। १० वर्षपछि आफ्नै उम्मेदवार।
पूर्व प्राध्यापक (सरस्वती क्याम्पस)
नेविसंघ पृष्ठभूमि
५१ वर्ष
स्नातकोत्तर
विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य
नारा: “विवेकशील मतदाता, जवाफदेही नेतृत्व”
२०७९ मा कांग्रेसले समानुपातिकमा ५,०४० मत पाएको थियो। तर त्यो बेला आफ्नै उम्मेदवार थिएन। यदि कांग्रेसको परम्परागत मत पूर्ण रूपमा ट्रान्सफर भयो भने गुरागाईं खेलमा आउन सक्छन्। गगन थापानिकट छवि र संगठनात्मक पुनर्संरचना पनि उनको प्लस हो। तर उनी पहिलोपटक चुनावी मैदानमा छन्। मैदानको अनुभवविरुद्ध बौद्धिक छवि—कुन भारी पर्ला ? भन्नेले उनको भविष्य निर्धारण गर्नेछ ।
४. बसन्त मानन्धर (नेकपा) – प्रदेशबाट संघतिर
पूर्व प्रदेशसभा सदस्य (काठमाडौं–७ (क))
५,८६६ मतसहित विजयी भएका
५४ वर्ष, स्नातक
नेकपाले नेवार समुदायमा परम्परागत प्रभाव खोज्दै मानन्धरलाई अघि सारेको छ। तर प्रश्न छ विभाजित वाम मतले उनलाई कति सहयोग गर्छ? किनकी वाम मत विभाजित छ। एमाले, नेकपा, अन्य साना वाम—सबैले एउटै पोखरीमा डुंगा हालिरहेका छन् । एकै किनारामा धेरै डुंगा भए, डुब्ने जोखिम पनि त्यत्तिकै हुन्छ।
जातीय समीकरण
चार प्रमुख दलमध्ये:
एमाले र नेकपा → नेवार उम्मेदवार
कांग्रेस र रास्वपा → गैर नेवार
काठमाडौं–७ को भित्री शहर, सम्पदा क्षेत्र र नेवार बस्तीको प्रभाव ठूलो छ। तर तारकेश्वर र नागार्जुनका नयाँ बसोबास क्षेत्रले समीकरण बदल्छ।
जातीय र भूगोलको गणित
यहाँ काठमाडौं महानगरका १६, १७, १८, २५ पर्दछन् । नागार्जुनका १, २, ३ र तारकेश्वरका ३, ४, ५ वडा पर्दछन् । भित्री शहर—नेवार बहुल, सम्पदा र व्यवसाय केन्द्रित मत छ । नयाँ बसोबास क्षेत्रमा मिश्रित, सेवाग्राही र विकासमुखी मत छ ।
२०७९ को अंकगणित (स्मरण)
प्रतिनिधिसभा परिणाम:
रास्वपाका गणेश पराजुली: ८,७४३ मतसहित विजयी
एमालेका श्यामकुमार घिमिरे : ६,८०० मत ल्याएर पनि पराजित
माओवादीबाट अस्मिता सिंह अर्थात् मानुषी यामी (गठबन्धन): ६,०६३ मत
राप्रपाबाट ध्रुबविक्रम मल्ल : २८६३ मत
समानुपातिक:
रास्वपा: १०,५८८
एमाले: ६,२९९
कांग्रेस: ५,०४०
अंक हेर्दा रास्वपा अगाडि। तर यसपालि गठबन्धन छैन। कांग्रेसको आफ्नै उम्मेदवार छ। एमालेले अनुभवी अनुहार ल्याएको छ। वाम विभाजन छ।
कसले बाजी मार्ला?
यदि २०७९ को लहर दोहोरियो भने—गणेश पराजुली। यदि संगठन र नेवार मत निर्णायक भयो भने—प्रकाश श्रेष्ठ वा बसन्त मानन्धर। यदि कांग्रेसको सुप्त मत जाग्यो भने—गुरागाईं ‘डार्क हर्स’। काठमाडौं–७ को मतदाता अहिले भावनात्मक भन्दा व्यावहारिक देखिन्छ। उनीहरू विकास, पहुँच, र चुनावपछि पनि देखिने सांसद खोजिरहेका छन्। अन्ततः यो चुनाव “लहर भर्सेस संरचना” को टक्कर हो।

प्रकाशित मिति:
बिहीबार, माघ २९, २०८२
१८:३२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्