NL न्यूज
सिरहा । सिरहा–३ सधैं प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ । यहाँ संगठन, गठबन्धन र मत विभाजनले नतिजा निर्धारण गर्ने गरेको छ । २०७९ सालको निर्वाचनले पनि यही चरित्र देखायो । नेकपा एमालेका लिलानाथ श्रेष्ठ २८,०६४ मतसहित विजयी भए । तर, माओवादी केन्द्रका विश्वनाथ साह जसलाई कांग्रेस र एकीकृत समाजवादीको पनि साथ थियो, त्यसका बाबजुद उनी २६,८८२ मत ल्याएर झिनो अन्तरले पराजित भए । यो नतिजाले देखायो—सिराहा–३ मा जित र हारबीचको दूरी सधैं साँघुरो रहन्छ ।
अब फेरि निर्वाचन नजिकिँदै जाँदा प्रश्न उस्तै छ—के २०७९ को नतिजा दोहोरिन्छ, कि मतदाताको धार फेरिन्छ ? यसपटक सिराहा–३ मा १,१९,२५० मतदाता छन् । २०७९ मा यहाँ १,०९,२७१ मतदाता थिए । अर्थात् यसपटक ९,९७९ मतदाता थपिएका छन् । यो वृद्धि नयाँ मतदातासँगै नयाँ असन्तोष र नयाँ राजनीतिक संकेत बोकेको मानिन्छ ।
एमाले : दोहोर्याउने दबाब
एमालेले यसपटक पनि लिलानाथ श्रेष्ठलाई नै उम्मेदवार बनाएको छ । २०७९ मा उनले २८,०६४ मत ल्याएर जित हात पारेका थिए । समानुपातिकतर्फ पनि एमालेले १५,५९८ मत पाएको थियो । एमालेको बल भनेको संगठित कार्यकर्ता, ग्रामीण क्षेत्रमा राम्रो पहुँच र अघिल्लो जितबाट बनेको मनोवैज्ञानिक लाभ हो । तर चुनौती पनि स्पष्ट छ—अघिल्लो चुनावमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन हुँदाहुँदै पनि जित हात पारेको एमालेले यसपटक मत विभाजन भएन भने अग्रता जोगाउन कठिन हुन सक्छ ।
कांग्रेस : समानुपातिक बल, प्रत्यक्ष कमजोर
२०७९ मा कांग्रेसले प्रत्यक्ष उम्मेदवार उठाएको थिएन । तर समानुपातिकतर्फ कांग्रेसले १६,१४३ मत पाएको थियो, यो यस क्षेत्रमा सबैभन्दा धेरै हो । यसपटक कांग्रेसले सुभाषचन्द्र यादवलाई उम्मेदवार बनाएको छ । कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । कांग्रेसको रणनीति स्पष्ट देखिन्छ—समानुपातिकमा देखिएको बललाई प्रत्यक्ष मतमा बदल्ने । यदि कांग्रेसले आफ्नो पुरानो मत आधारलाई सक्रिय बनायो भने ऊ प्रत्यक्ष प्रतिस्पर्धामा निर्णायक बन्न सक्छ । तर संगठनात्मक कमजोरी र अघिल्लो चुनावमा प्रत्यक्ष प्रतिस्पर्धाको अभाव कांग्रेसका लागि चुनौती हो ।
नेकपा : झिनो हारबाट फिर्ताको प्रयास
२०७९ मा माओवादी केन्द्रका विश्वनाथ साह २६,८८२ मत ल्याएर झिनो अन्तरले पराजित भएका थिए । यसपटक उनी नेकपाको तर्फबाट फेरि मैदानमा छन् । अघिल्लो निर्वाचनमा जस्तो उनलाई यसपटक कांग्रेसको साथ छैन । माओवादी केन्द्रको आधार कमजोर भए पनि २०७९ को नतिजाले देखाएको छ—यो क्षेत्र माओवादीका लागि पूर्ण रूपमा बन्द छैन । यदि कांग्रेस, जसपा र जनमतबीच मत विभाजन भयो भने विश्वनाथ साह फेरि मुख्य प्रतिस्पर्धामा आउन सक्छन् ।
जनमत पार्टी : स्थिर तर सीमित विस्तार
२०७९ मा जनमत पार्टीका दिनेशकुमार यादवले ११,१४६ मत ल्याएका थिए । समानुपातिकतर्फ जनमतले १०,१७७ मत पाएको थियो ।
यसपटक जनमतबाट रोहित महतो उम्मेदवार छन् । जनमतको आधार खासै कमजोर भएको छैन, तर विस्तारको गति सीमित देखिन्छ । यदि मधेस केन्द्रित मतदातामा असन्तोष बढ्यो भने जनमतले केही फाइदा लिन सक्छ, नत्र भने ऊ मत विभाजन गर्ने भूमिकामै सीमित हुने सम्भावना बढी छ ।
जसपा नेपाल : मौन तर निर्णायक उपस्थिति
जसपा नेपालले असेश्वर यादवलाई उम्मेदवार बनाएको छ । २०७९ मा जसपाले समानुपातिकतर्फ ७,९६० मत पाएको थियो । प्रत्यक्षतर्फ प्रभाव नदेखिए पनि जसपाको मत संख्या यस्तो छ, जसले जित–हारको समीकरण बदल्न सक्छ ।
रास्वपा : नयाँ मतदाताको आश
रास्वपाबाट शम्भुकुमार साह उम्मेदवार छन् । बालेन शाहको मधेश केन्द्रित क्याम्पेनबाट रास्वपा उत्साहित छ । थपिएका नयाँ मतदातालाई तान्ने प्रयाससँगै पुराना दलप्रतिको वितृष्णाको फाइदा लिने दाउमा रास्वपा देखिन्छ ।
राप्रपा र अन्य : गणित बिगार्ने शक्ति
राप्रपाबाट देव दयाल सिंह उम्मेदवार छन् । २०७९ मा राप्रपाको मत अत्यन्तै सीमित थियो ।
प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), उज्यालो नेपाल, आम जनता पार्टी र २९ जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् । यी सबैले ठूलो मत नल्याए पनि ५ सय–१ हजार मत काटिनुले मुख्य प्रतिस्पर्धाको गणित बिगार्न सक्छ ।
२०७९ सालको निर्वाचन परिणाम :
प्रत्यक्षतर्फ
• एमाले – लीलानाथ श्रेष्ठ- २८,०६४ (विजयी)
• माओवादी केन्द्र –विश्वनाथ साह- २६,८८२ मत (कांग्रेस-एकीकृत समाजवादीको साथ)
• जनमत –दिनेशकुमार यादव- ११,१४६ मत
• राप्रपा- गोवर्धन दास तत्मा- १२५९ मत
रास्वपासहित विभिन्न दल र स्वतन्त्र उम्मेदवारले ५ सय मत पनि कटाउन सकेका थिएनन् ।
समानुपातिकतर्फ
• कांग्रेस – १६,१४३
• एमाले – १५,५९८
• जनमत – १०,१७७
• माओवादी केन्द्र – ८,४८५
• जसपा नेपाल – ७,९६०
यदि एमालेले आफ्नो अघिल्लो मत सुरक्षित राख्न सफल भयो भने ऊ फेरि अग्रस्थानमा रहन सक्छ । कांग्रेसले समानुपातिकको बललाई प्रत्यक्षमा उतार्न सक्यो भने प्रतिस्पर्धा त्रिकोणात्मक बन्छ । कांग्रेस, जसपा र जनमतबीच मत बाँडियो भने त्यसको फाइदा एमाले वा माओवादीले उठाउन सक्छ । नयाँको मत र बालेन शाहको प्रभाव कायम राख्न सके रास्वपालाई फाइदा पुग्न सक्छ । सिराहा–३ बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै मतको गणित निकै पेचिलो छ । यहाँ जित कुनै लहरले होइन—विभाजन र संयोजनले तय गर्नेछ। अबको चुनावले देखाउनेछ, सिराहा–३ ले स्थायित्व रोज्छ कि परिवर्तन ।

प्रकाशित मिति:
शुक्रबार, फागुन १, २०८२
१३:२९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्