Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा  एक महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र आजदेखि लागू हुने गरी एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशअनुसार, अब विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रको सम्पूर्ण सडक, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा जस्ता विरोधका कार्यक्रम आयोजना गर्न पाइने छैन।

आदेशमा उल्लेख छ कि विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासमा अनियमित भेला हुनाले भीडले तोडफोड, आगजनी र अन्य उच्छृङ्खल गतिविधि गर्न सक्ने जोखिम हुन्छ।

साथै, पूर्वजानकारी दिएर गरिने विरोध कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा कुनै क्षति भए आयोजकबाट क्षतिपूर्ति असुल हुने पनि आदेशमा उल्लेख गरिएको छ।

AIrport-Insedhagya-1770870313.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार