NL न्यूज
चितवन। चितवनको गीतानगरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटनामा अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो ।
प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको अटोरिक्सालाई विपरीत दिशाबाट आएको स्कारपियोले ठक्कर दिएको थियो। ठक्करपछि अटोरिक्सामा सवार अन्य चार जना घाइते भएका छन्।
घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
बिहीबार, माघ २९, २०८२
०९:४७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्