NL न्यूज
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमा गरेबापत उपलब्ध गराइने वार्षिक एक लाख रुपैयाँसम्मको उपचार सुविधा यथावत् राखिएको हो। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० रुपैयाँ योगदानमा पाँचजनासम्मको परिवारले वार्षिक कुल एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने व्यवस्था कायम रहेको उनले बताए।
बोर्डले उक्त रकममध्ये २५ हजार रुपैयाँ ओपीडी (बहिरंग) सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि छुट्याएको जनाएको छ। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रत्येक थप सदस्यका लागि २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ।
सूचना अधिकारी मल्लका अनुसार पाँचजनाको परिवारले वर्षभरिमा बढीमा दुई हजार ५०० रुपैयाँ बराबरको ओपीडी सेवा लिन पाउने व्यवस्था गरिएको छ। पाँच जनाभन्दा बढी सदस्य भएका हकमा प्रतिसदस्य थप पाँच हजार रुपैयाँ बराबरको ओपीडी सेवा कायम गरिएको छ।

प्रकाशित मिति:
बिहीबार, माघ २९, २०८२
०९:२१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्