NL न्यूज
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘सी’ अन्तर्गत नेपाल र इटालीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ।
नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए। नेपाल इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार व्यहोरेको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि पहिलो जित निकाल्ने अवसरका रूपमा हेरिएको छ।
नेपाल र इटाली १३ वर्षपछि फरक फर्म्याटमा आमनेसामने हुन लागेका हुन्। सन् २०१३ को आईसीसी डिभिजन ३ प्रतियोगितामा नेपालले इटालीसँग ५० ओभरको खेल खेलेको थियो। बिहीबार हुने खेल भने यी दुई टोलीबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) भिडन्त हुनेछ।
त्यसैगरी, नेपाल १२ वर्षपछि विश्वकपमा जितको खोजीमा पनि छ। नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध जित हात पारेपछि विश्वकपमा खेल जित्न सकेको छैन।
समूह ‘सी’ को अंक तालिकामा वेस्ट इन्डिजले खेलेका दुवै खेल जित्दै ४ अंक जोडेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डले २–२ खेलमा २–२ अंक जोडेका छन्। आजको खेलले समूहको समीकरणमा महत्वपूर्ण प्रभाव पार्नेछ।

प्रकाशित मिति:
बिहीबार, माघ २९, २०८२
०८:३९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्