NL न्यूज
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी पाकिस्तानको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन्।
दीपेन्द्रलाई पीएसएल टोली इस्लामाबाद युनाइटेडले बुधबार (माघ २८) सम्पन्न अक्सनमार्फत ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ)मा अनुबन्ध गरेको हो।
पीएसएलको ११औँ संस्करण आगामी मार्च २६ देखि मे ३ सम्म सञ्चालन हुने तालिका छ। इस्लामाबाद युनाइटेड पीएसएलको सफल टोलीमध्ये एक हो। उसले हालसम्म तीन पटक उपाधि जितिसकेको छ। इस्लामाबादले पछिल्लो पटक सन् २०२४ को संस्करण आफ्नो नाममा लेखाएको थियो।
नेपालबाट यसअघि लेग स्पिनर सन्दीप लामिछानेले पनि पाकिस्तान सुपर लिगमा प्रतिस्पर्धा गरिसकेका छन्। अब दीपेन्द्रको सहभागिताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
बिहीबार, माघ २९, २०८२
०८:१७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्