NL न्यूज
काठमाडौं । इङ्ल्यान्डलाई ३० रनले पराजित गर्दै वेस्ट इन्डिजले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जीत दर्ता गरेको छ। यस जीतसँगै वेस्ट इन्डिजको सुपर एटमा पुग्ने सम्भावना थप बलियो बनेको छ।
१ सय ९७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ६ बल अगावै १ सय ६६ रनमा अलआउट भयो। इङ्ल्यान्डका साम करन ४३ रनमा अविजित रहे भने जाकोब बेथेलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाए।
वेस्ट इन्डिजका मोतीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। रोस्टन चेसले २ विकेट लिए भने रोमारियो सेफर्ड र अकिल होसेनले समान १–१ विकेट लिए।
यसअघि मुम्बईको वानखेड़े स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १ सय ९६ रन बनाएको थियो। दोस्रो ओभरमै २ विकेट गुमाएर दबाबमा परेको वेस्ट इन्डिजलाई रुदरफर्डले सम्हाल्दै अविजित ७६ रनको महत्वपूर्ण योगदान दिए।
इङ्ल्यान्डका जेमी ओभरटन र आदिल राशिदले समान २–२ विकेट लिए भने जोफ्रा आर्चर र साम करनले १–१ विकेट लिए।
इङ्ल्यान्ड र वेस्ट इन्डिज दुवै टोली दुई–दुई पटकका टी–२० विश्वकप विजेता हुन्। वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो भने इङ्ल्यान्डले २०१० र २०२२ मा उपाधि उचालेको थियो।
अन्य खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाको जीत
हिजो भएका अन्य खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले पराजित गर्यो। त्यस्तै, दक्षिण अफ्रिकाले रोमाञ्चक प्रतिस्पर्धामा अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको छ। दक्षिण अफ्रिकाले दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो।पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेट गुमाएर १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो।

प्रकाशित मिति:
बिहीबार, माघ २९, २०८२
०८:०४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्