NL न्यूज
मुम्बई — टी–२० विश्वकप अन्तर्गत रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई डबल सुपर ओभरमा पराजित गरेको छ।
निर्धारित २० ओभरको खेल बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभर पनि बराबरी भएपछि दोस्रो सुपर ओभर खेल्नुपरेको हो।
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले बिनाविकेट २३ रन बनाउँदै अफगानिस्तानमाथि दबाब सिर्जना गर्यो। उक्त ओभरमा तीन छक्का प्रहार भएका थिए। जवाफमा अफगानिस्तानले दुई विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो। अफगानिस्तानले पनि तीन छक्का प्रहार गरे पनि लक्ष्य भेट्न असफल रह्यो।
पहिलो सुपर ओभरमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै विकेट नगुमाई १७ रन बनाएको थियो, जसमा दुई चौका र एक छक्का समावेश थियो। त्यसको जवाफमा दक्षिण अफ्रिकाले एक विकेट गुमाएर १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको हो। यस विश्वकपको यो पहिलो सुपर ओभर खेल हो।
निर्धारित खेलमा अफगानिस्तान १९.४ ओभरमा १८७ रनमा अलआउट भएपछि खेल बराबरीमा पुगेको थियो। उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ४२ बलमा ८४ रनको आक्रामक इनिङ्स खेले। उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए। अन्त्यतिर नूर अहमदले ९ बलमा दुई छक्कासहित १५ रन जोड्दा स्कोर बराबरी भएको थियो। दक्षिण अफ्रिकाका लुन्गी एनगिडीले २६ रन खर्चेर ३ विकेट लिएका थिए।
लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिकाको समूह ‘डी’बाट सुपर एटमा पुग्ने सम्भावना बलियो भएको छ। अफगानिस्तान भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने दबाबमा परेको छ। समूहमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका समान ४ अंकमा छन्।

प्रकाशित मिति:
बुधबार, माघ २८, २०८२
१५:५१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्