NL न्यूज
काठमाडौं । निर्वाचन क्षेत्र नम्बर ६ नेपालकै ती सीमित निर्वाचन क्षेत्रमध्ये पर्छ, जहाँ राजनीतिक गणितभन्दा मतदाताको मनोविज्ञान भारी पर्ने गरेको इतिहास छ। कोर सिटी र कोर काँठ मिसिएको यो क्षेत्र कुनै पनि गठबन्धन, लहर वा ‘नेशनल ट्रेन्ड’ लाई सहजै चुनौती दिन सक्ने स्वभावको छ। २०७४ मा वाम गठबन्धन हुँदाहुँदै कांग्रेसले जित्नु र २०७९ मा गठबन्धनकै बीच नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय — यी दुवै नतिजाले काठमाडौं–६ लाई राजनीतिक पूर्वानुमानको क्षेत्रका रूपमा चिनाएको छ। आगामी २१ फागुनको निर्वाचनमा पनि यही विशेषता दोहोरिने संकेत देखिन थालेका छन्। नयाँ र पुराना अनुहार, काँठ र शहर, बसाइँ सरेका मतदाता र स्थानीय लिगेसी — सबै तत्व एकैचोटि ठोक्किँदै छन्।
रास्वपा : विरासत जोगाउने दबाब, शिशिर खनालको पुनः परीक्षा
गत निर्वाचनमा काठमाडौं–६ मा सबैलाई चक्मा दिँदै जितेका शिशिर खनाल फेरि मैदानमा छन्। यो चुनाव उनका लागि जितभन्दा बढी विरासत रक्षा को लडाइँ हो। रास्वपाले नयाँ अनुहार खोज्ने विकल्प हुँदाहुँदै पनि खनाललाई नै दोहोर्याउनु पार्टीका लागि सुरक्षित निर्णय हो। २०७९ मा उनले १४ हजारभन्दा बढी मत ल्याएर स्थापित दलहरूलाई पछाडि पार्दा यो क्षेत्र रास्वपाको ‘फोर्ट्रेस’ जस्तै देखिएको थियो।
तर यसपटक समीकरण फरक छ। खनालमाथि सांसद बनेपछि ग्राउन्डमा नदेखिएको आरोप छ। यही कमजोरीलाई विपक्षीहरूले आक्रमणको मुख्य हतियार बनाइरहेका छन्।
सुशासन, डिजिटाइजेसन, भ्रष्टाचार नियन्त्रण र कानुनी सुधार उनका मुख्य एजेन्डा हुन्। तर काठमाडौं–६ जस्तो क्षेत्रमा एजेन्डाभन्दा बढी स्थानीय पहुँच, निरन्तर उपस्थिति र समुदायगत नेटवर्क निर्णायक हुने गर्छ। गण्डकी क्षेत्रबाट आएका बसाइँसराइ मतदातामा खनालको पकड उनको बलियो पक्ष हो। तर कोर काँठे क्षेत्रमा कांग्रेस र एमालेले संयुक्त रूपमा धावा बोलेको अवस्था छ।
कांग्रेस : कृष्ण बानियाँको ‘कम्ब्याक’ मिशन
कांग्रेसका लागि यो चुनाव केवल सिट जित्ने मात्र होइन — २०७९ मा गुमाएको प्रतिष्ठा फिर्ता ल्याउने लडाइँ हो। कृष्ण (सबुज) बानियाँ पहिलोपटक प्रतिनिधिसभा उम्मेदवार बनेका हुन्। पार्टी संगठन, विशेषगरी काँठ क्षेत्रमा उनको गहिरो जरा छ। दुईपटक जिल्ला सभापति, पूर्व गाविस अध्यक्ष र स्थानीय संरचनामा लामो अनुभव — यी सबै उनका राजनीतिक पूँजी हुन्।
उनको मुख्य एजेन्डा नदी संरक्षण, शहरी पुनर्जागरण र वातावरणीय व्यवस्थापन हो। यो एजेन्डा काठमाडौं–६ का लागि केवल नारामात्र होइन, व्यावहारिक आवश्यकता पनि हो — विशेषगरी तारकेश्वर र टोखा क्षेत्रमा पटक–पटक आउने बाढी र डुबानको पृष्ठभूमिमा। कांग्रेस यसपटक ‘वान–टु–वान क्याम्पेनिङ’ मा केन्द्रित छ। यो रणनीतिले काठमाडौं–५ मा सफलता पाएको अनुभव कांग्रेसले काठमाडौं–६ मा पनि दोहोर्याउन खोजिरहेको छ।
२०७९ मा पार्टीभित्रको विभाजनले कांग्रेसलाई घाटा लागेको बुझाइ अहिले स्थानीय तहसम्म स्वीकारिएको छ। त्यसैले यसपटक कांग्रेसभित्रको एकता बानियाँको सबैभन्दा ठूलो बलियो पक्ष बन्न सक्छ।
एमाले : अमन मास्के र ‘विकास ब्रान्डिङ’
एमालेका उम्मेदवार अमनकुमार मास्के प्रदेशसभा सदस्य र भौतिक पूर्वाधार मन्त्री भएर संघमा उक्लिएका हुन्। राजीनामा गराएर उम्मेदवार बनाइएको यो निर्णय एमालेभित्र नै विवादरहित छैन। तर मास्केले मन्त्री हुँदा गरेका पूर्वाधारका कामलाई आफ्नो मुख्य ‘ब्रान्ड’ बनाइरहेका छन्। ‘विकास आजका लागि होइन, पुस्तौँका लागि’ भन्ने नारासँगै उनी युथ कनेक्टिभिटी र एमालेको पुरानो संगठनात्मक लिगेसी जोड्न खोजिरहेका छन्। फुटुङ क्षेत्रको नेवार समुदायमा उनको पकड छ। तर पार्टीभित्रको असन्तुष्टि र टिकट वितरणप्रति देखिएको चिसोपन उनको कमजोर कडी हुन सक्छ। एमालेका लागि यो चुनाव रास्वपाको प्रभाव तोड्ने र कांग्रेससँग सीधा प्रतिस्पर्धा फर्काउने प्रयास पनि हो।
नेकपा : हिमाल शर्मा र युवामैत्री क्याम्पेन
नेकपाका हिमाल शर्मा दोस्रोपटक उम्मेदवार बनेका छन्। विद्यार्थी राजनीतिबाट आएका शर्मा आफूलाई ‘जेन–जीको वास्तविक प्रतिनिधि’ का रूपमा प्रस्तुत गरिरहेका छन्। उनको अभियान भावनात्मक र वैचारिक दुवै छ — संघर्ष, त्याग, लाभको पद नलिएको इतिहास र युवापुस्ताको प्रतिनिधित्व। तर काठमाडौं–६ जस्तो क्षेत्रमा वैचारिक नारा मात्र पर्याप्त हुँदैन। संगठनात्मक शक्ति र मत रूपान्तरण क्षमतामा नेकपा अझै कमजोर देखिन्छ।
राप्रपा : उद्धवराज भेटवाल र वैचारिक सीमितता
राप्रपाले नयाँ अनुहारका रूपमा उद्धवराज भेटवाललाई उतारेको छ। राजसंस्था, स्वदेशीवाद र विदेशवादविरोधी नाराले निश्चित मत सुरक्षित गर्न सक्छ। तर विगतको नतिजा हेर्दा राप्रपा काठमाडौं–६ मा निर्णायक शक्ति बन्न सक्ने अवस्थामा देखिँदैन। उनको प्रभाव मुख्य प्रतिस्पर्धीको गणित बिगार्ने सीमामा सीमित हुन सक्छ।
निर्णायक तत्व : बसाइँसराइ मतदाता
काठमाडौं–६ को सबैभन्दा ठूलो ‘गेम चेन्जर’ भनेको बाहिरी जिल्लाबाट आएका मतदाता हुन्। झोर, नेपालटार, साङ्ला, धर्मस्थली, कोभ्रस्थली लगायत क्षेत्रमा नुवाकोट, धादिङ, रसुवा, लमजुङ, गण्डकी क्षेत्रबाट आएका मतदाताको संख्या ठूलो छ। यी मतदाता पार्टीभन्दा बढी उम्मेदवारको पहुँच, जातीय–क्षेत्रीय नाता र प्रत्यक्ष सम्पर्क मा आधारित निर्णय गर्छन्। यही समूह जसले तान्छ, उसको पल्ला भारी हुने सम्भावना उच्च छ।
जहाँ गणित हार्छ, मनोविज्ञान जित्छ
काठमाडौं–६ फेरि पनि पूर्वानुमानलाई चुनौती दिने अवस्थामा छ। रास्वपा विरासत जोगाउने दबाबमा छ भने कांग्रेस पुनरागमनको मिशनमा देखिन्छ । एमाले विकास ब्रान्डिङमार्फत कमब्याक खोज्दै छ भने नेकपा भावनात्मक युवामैत्री लहर बनाउन प्रयासरत छ । तर यहाँ न त गठबन्धन ग्यारेन्टी हो, न त विगतको लहर। काठमाडौं–६ मा सधैंझैँ यसपटक पनि अन्तिम नतिजा कोर सिटी र कोर काँठ, स्थायी र बसाइँसराइ मतदाता, संगठन र पहुँचले तय गर्नेछ ।

प्रकाशित मिति:
बुधबार, माघ २८, २०८२
१३:५९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्