Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्।

दुर्घटनामा १२ जनाको ज्यान गएको घटनापछि पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले आवश्यक चासो नदेखाएको आरोप लगाउँदै स्थानीयहरूले बुधबार बिहानदेखि विभिन्न स्थानमा सडक अवरुद्ध गरेका हुन्। काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोटमा, मन्थलीतर्फ भित्रिएका सवारीलाई मन्थली आकाशेमा तथा गाउँबाट छुटेका गाडीहरूलाई खिम्तीमै रोकेर विरोध जनाइएको छ।

प्रदर्शनकारीहरूले दुर्घटनाको निष्पक्ष छानविन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको सहज तथा निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन्।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार