NL न्यूज
टी–२० विश्वकप अन्तर्गत १३ औं खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको छ।
२० ओभरमा ६ विकेटको क्षतिमा १८७ रन जोड्दै अफ्रिकाका लागि क्विन्टन डी कक र रायन रिकल्टनले अर्धशतकीय इनिङ्स खेले। रिकल्टनले २८ बलमा ६१ रन बनाएका छन् भने डी ककले ४१ बलमा ५९ रन जोडे। त्यस्तै, डेवाल्ड ब्रेभिसले २३, डेभिड मिलरले २० र मार्को यानसनले १६ रन बनाए।
बलिङतर्फ अफगानिस्तानका अजमुतल्लाह ओमारजाईले तीन विकेट लिए भने राशिद खानले दुई विकेट हात पारे। फजलहक फारुकीले पनि एक सफलता हात पारेका थिए।
अघिल्लो खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित भएको थियो भने दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले हराएको थियो।

प्रकाशित मिति:
बुधबार, माघ २८, २०८२
१२:५९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्