Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले महाधिवेशन: ओलीले 'बाल' नदिएपछि जुनियरलाई ईश्वरको प्रतिवेदन

वृद्धलाई विस्थापित गर्न अर्का वृद्ध कम्मर कसेर लागेका छन्, एमालेमा ! 

७३ वर्षका केपी शर्मा ओलीलाई विस्थापित गर्न विद्या भण्डारीको सहारा लिएका ७१ वर्षका ईश्वर पोखरेल मैदानमा उत्रिएका छन् । जेनजी आन्दोलनले युवाको नेतृत्व खोजेको नत ओलीलाई मतलब, ओली विस्थापित गर्न होमिएका पोखरेललाई झन के मतलब ? 

ओलीलाई काउन्टर दिनेगरी ११औँ महाधिवेशनमा अलगै प्रतिवेदन पेश गर्ने तयारीमा रहेका पोखरेललाई ओलीले बालै दिएनन्, त्यसैले त वरिष्ठ उपाध्यक्ष पोखरेलभन्दा मुनिका महासचिव शंकर पोखरेललाई बुझाउनुपर्यो । यो दृश्य हेर्नुहोस् त महासचिवलाई वरिष्ठ उपाध्यक्षले बुझाएको प्रतिवेदन । 

एमाले कहिले सुध्रिदैन भन्दै आलोचना गर्नेहरुलाई यी दुई बृद्धले राम्रै बल दिएका छन् । पोखरेल कम विवादित होइनन्, डेट एक्स्पायर भइसकेका यी दुईको भिडन्तले नत युवालाई उत्साहित बनाउँछ नत राजनीतिप्रतिको विश्वास नै बढाउँछ । 

डेट एक्स्पायर औषधि खाँदा के हुन्छ ? साइड इफेक्ट हुन्छ । हो, एमालेको साइड इफेक्ट जनताको मतमा देखिएला नि ! गिरिबन्धु घोटालाको आरोप खेपेका ओलीभन्दा पोखरेल कम छैनन्, पानी ट्यांकीमा पैसा लुकाएको कथा कम हराइसकेको छैन । अब यी दुई बृद्धमा जो आएपनि एमाले र देशलाई के फरक पर्ला र ?
वृद्धलाई विस्थापित गर्न अर्का वृद्ध कम्मर कसेर लागेका छन्, एमालेमा ! 

७३ वर्षका केपी शर्मा ओलीलाई विस्थापित गर्न विद्या भण्डारीको सहारा लिएका ७१ वर्षका ईश्वर पोखरेल मैदानमा उत्रिएका छन् । जेनजी आन्दोलनले युवाको नेतृत्व खोजेको नत ओलीलाई मतलब, ओली विस्थापित गर्न होमिएका पोखरेललाई झन के मतलब ? ओलीलाई काउन्ट
र दिनेगरी ११औँ महाधिवेशनमा अलगै प्रतिवेदन पेश गर्ने तयारीमा रहेका पोखरेललाई ओलीले बालै दिएनन्, त्यसैले त वरिष्ठ उपाध्यक्ष पोखरेलभन्दा मुनिका महासचिव शंकर पोखरेललाई बुझाउनुपर्यो । 

एमाले कहिले सुध्रिदैन भन्दै आलोचना गर्नेहरुलाई यी दुई बृद्धले राम्रै बल दिएका छन् ।

पोखरेल कम विवादित होइनन्, डेट एक्स्पायर भइसकेका यी दुईको भिडन्तले नत युवालाई उत्साहित बनाउँछ नत राजनीतिप्रतिको विश्वास नै बढाउँछ । डेढ एक्स्पायर औषधि खाँदा के हुन्छ ? साइड इफेक्ट हुन्छ । हो, एमालेको साइड इफेक्ट जनताको मतमा देखिएला नि ! गिरिबन्धु घोटालाको आरोप खेपेका ओलीभन्दा पोखरेल कम छैनन्, पानी ट्यांकीमा पैसा लुकाएको कथा कम हराइसकेको छैन । 

अब यी दुई बृद्धमा जो आएपनि एमाले र देशलाई के फरक पर्ला र ?

हेर्नुहोस् भिडियो

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार