Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनको मूल्य लगातार उकालो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ। मङ्गलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार १०० रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। यस्तै, चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ पुगेको छ।

मङ्गलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ र चाँदी ५ हजार २४० रुपैयाँ थियो। त्यसअघि सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ र चाँदी ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ६० अमेरिकी डलर र चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार