Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

क्यानडाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार :१० जनाको मृत्यु

क्यानडा । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहान अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा २५ जना घाइते भएका छन्। मृतकमा विद्यार्थी छन् वा छैनन् भन्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन। घटनापछि उक्त विद्यालय बन्द गरिएको छ।

स्थानीय विधायक ल्यारी न्युफेल्डका अनुसार अवस्था नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा परिचालन गरिएको छ। उनले आफ्ना प्रियजन खोज्दै बाहिर ननिस्कन र घरमै सुरक्षित रहन सर्वसाधारणलाई अपिल गरेका छन्।

क्यानडाको सरकारी वेबसाइटका अनुसार घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म करिब १७५ विद्यार्थी अध्ययनरत छन्।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले अवस्था गम्भीर रहेको बताएका छन्। उनले स्कुल प्रशासन, आपत्कालीन सेवा टोली र स्थानीय बासिन्दाको सहयोगमा घटना व्यवस्थापन भइरहेको जानकारी दिए।

प्रहरीका अनुसार, स्कुलमा गोली प्रहार भएको सूचना स्थानीय समय अनुसार राति १ः२० बजे प्राप्त भएको थियो। सूचनापछि घटनास्थल पुगेको प्रहरी टोलीले धेरै मानिस घाइते र मृत अवस्थामा फेला पारेको जनाएको छ।

प्रहरीले आक्रमणकारी ठानिएका एक व्यक्ति पनि मृत अवस्थामा फेला परेको जानकारी दिएको छ। स्कुलमा रहेका सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको र उक्त क्षेत्रमा सुरक्षा कडा पारिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार