NL न्यूज
सल्यान – सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको पिकअप जिप बिहान करिब पौने पाँच बजे दुर्घटनामा परेको हो। दुर्घटनामा सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी कपुरकोटले जनाएको छ।
बिरामी बोकेर हिँडेको उक्त जिपमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा दुई महिला र एक बालिका घाइते भएका छन्।
घाइते हुनेमा सिस्ने गाउँपालिका–२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका, ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी रहेका छन्।
तीनै जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
बुधबार, माघ २८, २०८२
०९:००
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्