NL न्यूज
काठमाडाै । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको छ भने हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ।
आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। ती प्रदेशका उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।
महाशाखाले तत्काल वर्षाको सम्भावना कम रहेकाले तराई र उपत्यकामा वायु प्रदूषण कायम रहने देखिएको जनाएको छ। प्रतिकूल मौसमका कारण हुन सक्ने असरबाट बच्न सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति:
बुधबार, माघ २८, २०८२
०८:२०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्