NL न्यूज
रामेछाप । रामेछापको मन्थली नगरपालिका त्रिवेणी नजिकै लिलौटी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेपछि मृतकको संख्या १२ पुगेको हो ।
त्यस्तै दुर्घटनामा गम्भीर घाइते ७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान तामाकोशी नदीमा खसेको हो ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । एपीएफ गुल्म रामेछाप र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ ।

प्रकाशित मिति:
मंगलबार, माघ २७, २०८२
१५:४६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्