Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० क्रिकेट विश्वकपः नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हरायो

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकपमा नेदरल्यान्ड्सले पहिलो जित निकाल्ने क्रममा नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।
मंगलबार भारतको नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा भएको खेलमा नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सको जितमा बास डे लिडेले सर्वाधिक ७२ रन बनाए । उनले ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै, कोलिन अकरमनले ३२, माइकल लेभिटले २८ र कप्तान स्कट एड्वाड्र्सले १८ रन जोडे ।

नामिबियाका लागि बर्नार्ड स्कल्ज, रुबेन ट्रम्पेलमन र जान निकोल लोफ्टी इटोनले समान १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। नामिबियाका जान निकोल लोफ्टी इटोनले सर्वाधिक ४२ रन बनाए । जान फ्राइलिन्कले ३० रन जेजे स्मिथले २२ र कप्तान गेरहार्ड इरास्मसले १८ रनको योगदान दिएका थिए । 

नेदरल्यान्ड्सका लागि लोगन भान विक र बास डे लिडेले समान २–२ विकेट लिए भने आर्यन दत्त र फ्रेड क्लासेनले १–१ विकेट लिए।

समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सको यो दोस्रो खेल हो । डच टोली यसअघि पहिलो खेलमा पाकिस्तानसँग ३ विकेटले पराजित भएको थियो। यता, नामिबियाको भने यो पहिलो खेल हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार