Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रामेछाप बस दुर्घटनाः मृतकको संख्या ९ पुग्यो, उद्धारमा गोताखोरसहितको टोली परिचालित

रामेछाप । रामेछापको मन्थली नगरपालिका त्रिवेणी नजिकै लिलौटी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दुर्घटनास्थलमा थप तीन जनाको शव फेला परेको हाे । 

अहिले गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान तामाकोशी नदीमा खसेको हो । 

बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । एपीएफ गुल्म रामेछाप र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार