Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ट्रम्पको टीपीएस समाप्त गर्ने निर्णयमा अमेरिकी अदालतको समर्थन, हजारौँ नेपाली निष्कासनमा पर्ने

एजेन्सी । अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाल, होन्डुरस र निकारागुआबाट आएका आप्रवासीको अस्थायी संरक्षण अर्थात् टेम्पररी प्रोटेक्टेड स्टाटस (टीपीएस) समाप्त गर्ने पूर्व राष्ट्रपति ट्रम्प प्रशासनको निर्णयको पक्षमा उभिएको छ।

गत वर्ष ट्रम्प प्रशासनले हजारौँ नेपाली, होन्डुरान र निकारागुआन नागरिकको टीपीएस अन्त्य गर्ने निर्णय गरेको थियो। टीपीएस अन्तर्गत यी आप्रवासीहरूले कानुनी रूपमा अमेरिकामा बस्न र काम गर्ने अनुमति पाएका थिए।

नवौँ सर्किटका पुनरावेदन अदालतले सोमबार तल्लो अदालतको आदेश उल्टाउँदै गृह सुरक्षा सचिव क्रिस्टी नोएमको आपत्कालीन अनुरोध स्वीकार गरेको हो। यस निर्णयसँगै अमेरिकामा बसोबास गर्दै आएका नेपालीसहित हजारौँ मानिसको निष्कासनको बाटो खुलेको छ।

अमेरिकामा टीपीएस अन्तर्गत करिब ७ हजार नेपाली बसोबास गर्दै आएका छन्। नोएमले सोमबार सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनेकी छिन्, “यो निर्णय कानुनी शासन र अमेरिकी संविधानको जीत हो। टीपीएस कहिल्यै स्थायी कार्यक्रमका रूपमा डिजाइन गरिएको थिएन।”

टीपीएस कार्यक्रमले युद्ध, प्राकृतिक प्रकोप वा अन्य असाधारण परिस्थितिका कारण आफ्नो देश फर्किँदा जोखिममा पर्न सक्ने मानिसलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ। तर, अमेरिकाको गृह मन्त्रालयले टीपीएस हटाउने निर्णय गर्दा ती देशमा अवस्था सुधार भएको र नागरिकहरू सुरक्षित रूपमा फर्कन सक्ने भएको निष्कर्ष निकालेको जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार