NL न्यूज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमजोरी नआउन नेपाली सेनालाई स्पष्ट निर्देशन दिएकी छन्। सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले विगतका चुनावी अनुभवको समीक्षा गर्दै यसपटक त्रुटिरहित समन्वयमा जोड दिइन्।
उनले सुरक्षा संयन्त्रहरूबीच विगतमा देखिएका सम्भावित समन्वयहीनता र रिक्तताबाट पाठ सिक्दै अब त्यस्तो अवस्था दोहोरिन नदिन सचेत रहन आग्रह गरिन्। ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न अघिल्ला चुनावका अनुभव र वर्तमान सुरक्षाका संवेदनशील आयामको विश्लेषण गर्दै सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
सरकारले स्वीकृत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सेनालाई तोकिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पूरा हुनेमा आफू विश्वस्त रहेको उनले बताइन्। साथै, जनतालाई सुरक्षाको प्रत्याभूति दिनुका साथै सबै राजनीतिक दललाई निर्बाध रूपमा गतिविधि सञ्चालन गर्ने वातावरण सुनिश्चित गर्न अन्य सुरक्षा निकायसँग स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइन्।

प्रकाशित मिति:
मंगलबार, माघ २७, २०८२
१४:००
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्