Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रामेछाप बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या ६ पुग्यो, उद्धार कार्य जारी

उद्धार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी क्षेत्र भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

उद्धार गरिएको आठ जनाको खुर्कोट र मन्थलीमा उपचार भइरहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । उद्धार कार्य जारी रहेको छ । उद्धारमा सशस्त्र प्रहरीको गोताखोर टोली पनि परिचालित गरिएको छ । 

काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान तामाकोशी नदीमा खसेको हो । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार