NL न्यूज
कैलाली । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) खारेज गरेको छ। आयोगले सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई औपचारिक पत्र पठाउँदै नाउपा अब स्वतन्त्र दलको रूपमा अस्तित्वमा नरहेको जानकारी गराएको हो। पुस १४ गते भएको एकीकरणपछि आयोगले कानुनी प्रक्रिया पूरा गर्दै यो निर्णय सार्वजनिक गरेको हो।
आयोगका अनुसार साबिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) लगायतका दलहरू एक आपसमा गाभिएर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ। सोही प्रक्रियाअन्तर्गत नागरिक उन्मुक्ति पार्टी पनि उक्त नेकपामा समाहित भएको भन्दै आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० (४) बमोजिम दर्ता खारेज गरेको जनाएको छ।
आयोगको मिति २०८२–०९–३० गतेको निर्णयअनुसार नाउपा आयोगमा कायम रहेको नेपाली कम्युनिस्ट पार्टीसँग गाभिएको र नाउपा नामबाट अब छुट्टै राजनीतिक हैसियत नरहने स्पष्ट पारिएको छ।
सुदूरपश्चिममा शक्ति सन्तुलन फेरियो
यो निर्णयसँगै सुदूरपश्चिम प्रदेशसभाको शक्ति समीकरणमा ठूलो परिवर्तन आएको छ। साबिक माओवादी केन्द्रका ११ (सभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ३ सांसद मिलेर नवगठित नेकपाका २१ सांसद पुगेका छन्। यससँगै नेकपा प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ।
पहिलो स्थानमा रहेको नेपाली कांग्रेस अब १८ सांसदसहित दोस्रो स्थानमा झरेको छ। एमालेसँग ११ र राप्रपासँग १ सांसद छन्। स्वतन्त्र सांसद तारा जोशीले प्रतिनिधिसभा चुनाव लड्न राजीनामा दिइसकेका छन्।
संसदीय दलको नेता चयन
एकीकरणपछि तीनै दलका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठक आइतबार बसेको थियो। बैठकले नवगठित नेकपाको संसदीय दलको नेतामा खगराज भट्टलाई चयन गरेको छ। यसअघि माओवादी केन्द्रको संसदीय दलको नेतृत्व गरिरहेका भट्टलाई १७ जना सांसदको उपस्थितिमा सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
बैठकले दलको आन्तरिक संरचना मिलाउन पाँच सदस्यीय विधान मस्यौदा कार्यदल पनि गठन गरेको छ। कार्यदलमा रमेशसिंह धामी, ओमविक्रम भाट ‘सरल’, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी रहेका छन्। बैठकले सुदूरपश्चिम प्रदेश सरकार सही दिशामा अघि नबढेको निष्कर्ष समेत निकालेको छ। अब प्रदेश राजनीतिमा सरकारको स्थायित्व, नेतृत्व परिवर्तनको सम्भावना र आगामी रणनीति कता मोडिन्छ भन्ने प्रश्न फेरि केन्द्रमा आएको छ।

प्रकाशित मिति:
मंगलबार, माघ २७, २०८२
११:३५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्