NL न्यूज
काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस रामेछापको तामाकोशी नदीमा खसेको छ। मन्थली नगरपालिका–६ क्षेत्रमा भएको उक्त दुर्घटनामा ठूलो मानवीय क्षतिको आशंका गरिएको छ।
घटनास्थलमा रहेका अनेरास्ववियु रामेछाप संयोजक गोपाल थोकरका अनुसार केही शव नदीमा तैरिरहेको अवस्थामा देखिएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी अहिले उद्धार कार्यमा खटिएका छन्। दुर्घटनाग्रस्त बसको नम्बर र यात्रुको यकिन विवरण भने हालसम्म खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपीले उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएका छन्। घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
मंगलबार, माघ २७, २०८२
११:३०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्