Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप : 'डु अर डाई'को अवस्थामा नामिबियासँग भिड्दै नेदरल्यान्ड्स

काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप  क्रिकेट अन्तर्गत मंगलबार तीनवटा खेल हुदैछन् । 

मंगलबार ग्रुप ए–२, ग्रुप बी र ग्रुप डीका खेल सञ्चालन हुनेछन् । तालिकाअनुसार पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड्स आमनेसामने हुनेछन् ।  यो खेल बिहान ११ः१५ बजे दिल्लीमा हुनेछ । पहिलो खेलमा पाकिस्तानसंग पराजित भएको नेदरल्यान्डस आज गर या मरको स्थितीमा नामिबियासंग खेल्न लागेको हो । नामिबियाको भने आज पहिलो खेल हो । 

त्यसैगरी दोस्रो खेल अपराह्न ३ः१५ बजे चेन्नईमा हुनेछ, जहाँ न्युजिल्यान्ड र यूएई भिड्नेछन् । त्यस्तै आज राती ७ः१५ बजे श्रीलंकाको राजधानी कोलम्बोमा हुने खेलमा पाकिस्तान र अमेरिका आमने सामने हुनेछन् । 

अहिलेसम्मको अवस्थाअनुसार समूह एबाट भारत र पाकिस्तान पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । 
समूह बीमा जिम्बाब्वे र श्रीलंकाले पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थान ओगटेका छन् ।

यस्तै समूह सीमा वेस्ट इन्डिज एक खेलमा जित निकाल्दै पहिलो स्थानमा छ । दुई खेल खेलेको स्कटल्यान्ड एक जित र एक हारसहित २ अंकका साथ दोस्रो स्थानमा रहँदा, इंग्ल्यान्ड एक खेल जितेर समान अंक भए पनि कम रनरेटका कारण तेस्रो स्थानमा रहेको छ ।
ग्रुप डीमा भने दक्षिण अफ्रिका र न्युजिल्यान्ड पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।

सोमबारसम्मको नतिजाअनुसार ग्रुप एमा नेदरल्यान्ड र अमेरिका, ग्रुप बीमा आयरल्यान्ड र ओमान, ग्रुप सीमा नेपाल र इटली, तथा ग्रुप डीमा अफगानिस्तान र क्यानडा पहिलो खेलमा पराजित हुँदै अंकविहीन रहेका छन् ।

यता यूएई, अस्ट्रेलिया र नामिबियाले भने अझै पहिलो खेल खेल्न बाँकी रहेको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार