NL न्यूज
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथर जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेका छन्।
यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङ जिल्लाका मतपत्र पनि छापिसकिएको आयोगले जनाएको छ।
यससँगै लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी जम्मा ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ। छपाइ सकिएका जिल्लाका मतपत्रको प्याकिङ कार्यसमेत पूरा भइसकेको आयोगले जनाएको छ।
सोमबारसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ। आयोगका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ।

प्रकाशित मिति:
मंगलबार, माघ २७, २०८२
०९:०४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्