Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो रहनेछ। उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान छ।

विशेषगरी कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। राति तराई भूभागका थोरै स्थानमा तुँवालो लाग्नेछ भने उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा पनि कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ। हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको विभागले जनाएको छ।
Weather-Night--Magh-27-1770693184.png
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार