Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न नवलपरासी प्रशासनको निर्देशन

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ।

रास्वपाले आज जिल्लामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने सूचना प्राप्त भएपछि प्रशासनले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले २०८२ माघ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू गरिसकेको स्मरण गराइएको छ।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका गतिविधिबाट आचारसंहिता उल्लङ्घन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले निगरानी बढाएको जनाएको छ।
Nawalparasi-Bigyapti-1770692833.png
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार