NL न्यूज
काठमाडौं । आईसीसी टी–२० विश्वकपको समूह चरणमा पाकिस्तानले भारतसँग खेल्ने भएको छ। यसअघि पाकिस्तान सरकारले भारतसँग खेल नखेल्ने घोषणा गरे पनि पछिल्ला निरन्तर छलफलपछि खेल्ने सहमति बनेको हो।
पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान सरकार र आईसीसीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै भारत–पाकिस्तान खेल हुने निर्णय भएको जानकारी दिएका छन्।
प्रतियोगिताको सबैभन्दा व्यावसायिक केन्द्रबिन्दु मानिने यी दुई देशबीचको बहुप्रतीक्षित खेल फेब्रुअरी १५ (आउँदो आइतबार) श्रीलङ्काको कोलम्बोमा आयोजना हुने तय भएको छ।
छलफलका क्रममा भारतमा खेल्न अस्वीकार गरेको कारण टी–२० विश्वकप बहिष्कार गरेको बङ्गलादेशमाथि कारबाही नगर्ने निर्णयसमेत गरिएको जनाइएको छ।
आईसीसीद्वारा जारी विज्ञप्तिमा आईसीसी र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीचको वार्ता दुवै पक्षले रचनात्मक व्यवहार, इमानदारी, तटस्थता र सहयोगका साथ खेलको सर्वोत्तम हितलाई प्राथमिकता दिने साझा प्रतिबद्धताका आधारमा सम्पन्न भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति:
मंगलबार, माघ २७, २०८२
०८:४३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्