Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप : क्यानडाविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले सानदार सुरुवात गरेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले क्यानडालाई २१४ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा क्यानडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो।

क्यानडाका नवनित धलिवालले सर्वाधिक ६४ रन बनाए पनि टोलीको हार टार्न सकेनन्। उनले ४९ बलमा सात चौका र एक छक्का प्रहार गरे। हर्ष थाकेरले २९ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन जोडे। धलिवाल र थाकेरले ४५–४ को कठिन स्थितिबाट ६९ रनको साझेदारी गर्दै मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए।

यस्तै, युवराज सम्राले १२ र साद बिन जफरले ११ रन जोडे। क्यानडाका कप्तान दिलप्रीत बाज्वा र जसकरन सिंह गोल्डेन डक भए।
दक्षिण अफ्रिकाका तर्फबाट लुन्गी एन्गिडीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए
।मार्को यान्सेनले दुई विकेट लिए भने कगिसो रबाडा र कोर्बिन कोस्चेले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २१३ रनको विशाल योगफल खडा गरेको थियो। यो जारी विश्वकपको हालसम्मकै सबैभन्दा ठूलो योगफल हो।

दक्षिण अफ्रिकाका ओपनर तथा कप्तान आइदेन मार्करामले सर्वाधिक ५९ रन बनाए। उनले ३२ बलमा १० चौका र एक छक्का प्रहार गरे।
मार्करामले अर्का ओपनर क्विन्टन डी ककसँग पहिलो विकेटका लागि ६.५ ओभरमा ७० रनको साझेदारी गर्दै ठूलो स्कोरको आधार तयार पारे। डी ककले २२ बलमा दुई चौकासहित २५ रन जोडे।

मध्यक्रममा डेभिड मिलरले २३ बलमा एक चौका र तीन छक्कासहित ३९ रन, रायन रिकेलटनले २१ बलमा तीन चौका र एक छक्कासहित ३३ रन तथा ट्रिस्टन स्टब्सले ३४ रन बनाए।

क्यानडाका लागि अंश पटेलले तीन विकेट लिए। उनले चार ओभरमा ३१ रन खर्चिए। कप्तान दिलप्रीत बाज्वाले एक विकेट हात पारे ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार