NL न्यूज
काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपमा डेब्यु गरेको इटालीले पहिलो खेलमै स्कटल्यान्डसँग ७३ रनको हार व्यहोरेको छ।
सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमै सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो। इटालीका सबै ब्याटर क्याचआउट भएका थिए।
इटालीलाई सस्तैमा रोक्ने क्रममा माइकल लिस्कले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। चार ओभर बलिङ गरेका लिस्कले मात्र १४ रन खर्चिए।
त्यसैगरी मार्क वाटले दुई विकेट लिए भने ब्राड करी, ब्राड व्हिल र ओलिभर डेविडसनले समान एक–एक विकेट हात पारे।
इटालीका लागि बेन मेनेन्तीले सर्वाधिक ५२ रन बनाए। उनले ३१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। ह्यारी मेनेन्तीले ३७, जे.जे. स्मत्सले २२ तथा एन्टोनी मोस्काले १३ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०७ रनको विशाल योगफल खडा गरेको थियो। स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले शानदार प्रदर्शन गर्दै सर्वाधिक ८४ रन बनाए। ५४ बल खेलेका उनले १३ चौका र दुई छक्का प्रहार गरे।ब्रान्डन म्याकमुलेन १८ बलमा ४१ रन बनाएर अविजित रहे, जसमा चार छक्का समावेश थियो ।
ओपनर माइकल जोन्सले ३७ रन जोडे भने कप्तान रिची बेरिङटनले १५ र अविजित माइकल लिस्कले २२ रन बनाए। इटालीका तर्फबाट अली हसन, थोमस ड्राका, ग्रान्ट स्टेवर्ट र जे.जे. स्मत्सले समान एक–एक विकेट लिए।
य

प्रकाशित मिति:
सोमबार, माघ २६, २०८२
१४:४८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्