NL न्यूज
जनकपुर । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज सम्पन्न प्रदेशसभा बैठकमा सातदलीय गठबन्धनको तर्फबाट प्रस्तुत यादवले ७२ मत प्राप्त गरी सभामुखको आसनमा पुगेका हुन्। विपक्षी दलले २४ मत पाएको छ। बैठकमा जम्मा ९६ सांसद उपस्थित थिए।
उपसभामुख बबिता राउत इशरले यादवलाई सभामुख निर्वाचित घोषणा गरिन्। यादवलाई सभामुखमा निर्वाचित गराउने प्रस्ताव नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले पेश गरेका थिए।
यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई गत मंसिर ३ गते सातदलीय गठबन्धनले पदमुक्त गरेको थियो। यादव धनुषा क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् र जसपा नेपालका प्रमुख सचेतक पनि हुन्।





प्रतिक्रिया दिनुहोस्