Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

वीरगञ्जमा छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, तीन सशस्त्र प्रहरी घाइते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न पुगेको भन्सार कार्यालय र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोलीमाथि स्थानीयको एक समूहले आक्रमण गरेको छ । घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सरकारी सवारीसाधनमा तोडफोड भएको छ ।

नं. १३ गण पर्साका अनुसार विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छली लुकाइ–छिपाइ राखिएको सामानको छापा मार्न संयुक्त टोली परिचालन गरिएको थियो ।

बरामद सामान लोड गर्ने क्रममा स्थानीय २०–२५ जनाको समूहले अचानक ढुंगामुढासहित आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ ।

ढुंगामुढाबाट बागमती प्रदेश एफ ए ए ०१२५ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ भने एपीएफको स्कार्पियो गाडीमा पनि क्षति पुगेको छ।

आक्रमणमा सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अली, सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनी र सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवान घाइते भएका छन् । 

संयुक्त टोलीले करिब ५ लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका पाँच पोका कपडा बरामद गरेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार