NL न्यूज
उदयपुर । राजनीतिक दौडधुप रोकिएको छैन । कोशी प्रदेशको उदयपुर निर्वाचन क्षेत्र नं. २ का चोक–चौतारा र मुख्य बजार कटारीमा अहिले एउटै प्रश्न घुमिरहेको छ—नयाँलाई मत कि पुरानाकै निरन्तरता ? दलका नेताहरूको दौडधुपसँगै कार्यकर्ता झण्डा बोकेर मैदानमा उत्रिएका छन् । चुनावी माहोल फेरि तातेको छ ।
यसपटक अघिल्लो निर्वाचनको पाँच वर्ष पनि नपुग्दै हुँदैछ । पुराना अनुहारबाट दिक्दार बनेका युवा पुस्ताले संसद विघटनपछि नयाँ म्यान्डेट खोजेको सन्देश दिएको थियो । यही राजनीतिक हावाको झोक्काले उदयपुर–२ लाई पनि छोएको छ ।
मतदाता : विकाससँगै परिवर्तनको चाहना
उदयपुर–२ मा यसपटक ९६ हजार १ सय २२ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा यहाँ ९३ हजार ४ सय २१ मतदाता थिए ।
यस आधारमा यसपटक २ हजार ७ सय १ मतदाता थपिएका छन् । संख्या सानो देखिए पनि यी नयाँ मतदाता निर्णायक बन्न सक्ने विश्लेषण छ । यसपटक मतदाताले अघिल्ला सांसदसँग हिसाव-किताव गर्ने भएका छन् । विकाससँगै संविधान कार्यान्वयनमा के गर्यौं भन्दै प्रश्न गर्नेभएका छन् । दल वा व्यक्ति होइन, जिम्मेवारीमा परिवर्तन खोजेका छन् ।
परम्परागत प्रतिस्पर्धा : कांग्रेस–कम्युनिष्ट
उदयपुर–२ ऐतिहासिक रूपमा कांग्रेस र कम्युनिष्टबीच कडा प्रतिस्पर्धा हुने क्षेत्र मानिन्छ । तर, पछिल्ला वर्षहरूमा नयाँ राजनीतिक दल र वैकल्पिक एजेन्डाले यो परम्परागत समीकरणलाई चुनौती दिन थालेका छन् । यसपटक प्रश्न उस्तै छ— के उदयपुर–२ ले नयाँ दललाई प्रवेश गराउनेछ ? वा फेरि पुरानै प्रतिस्पर्धा दोहोरिनेछ ?
को–को छन् मैदानमा ?
यसपटक उदयपुर क्षेत्र नं. २ मा १२ राजनीतिक दल र १ स्वतन्त्र उम्मेदवार गरी १३ जना चुनावी मैदानमा छन् ।
एमाले – अम्वरबहादुर रायमाझी
कांग्रेस – रामकुमार राई
नेपाली कम्युनिष्ट पार्टी – सुरेशकुमार राई
रास्वपा – सूर्यबहादुर तामाङ
राप्रपा – विष्णुबहादुर खड्का
श्रम संस्कृति – वलराज राई
अन्य दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी, आम जनता पार्टी तथा १ स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।
मुख्य प्रतिस्पर्धी र राजनीतिक पृष्ठभूमि
अम्बरबहादुर रायमाझी (एमाले) : दोहोर्याउने प्रयास
एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी २०७९ सालको निर्वाचनका विजेता हुन् । त्यसबेला कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धन बनाएर मैदानमा उत्रिएका थिए । गठबन्धनप्रति असन्तुष्ट बनेका कांग्रेसका रामकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यही मत विभाजनको फाइदा उठाउँदै रायमाझी विजयी भएका थिए । यसपटक भने दलहरू एक्ला–एक्लै मैदानमा उत्रिएका छन् र नयाँ दलको लहर पनि उस्तै छ । जसले प्रतिस्पर्धालाई नेक–टु–नेक बनाइदिएको छ।
रामकुमार राई (कांग्रेस) : फर्किने प्रयास
२०७९ मा स्वतन्त्र उम्मेदवार बनेका रामकुमार राई यसपटक कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा मैदानमा छन् । अघिल्लो निर्वाचनमा उल्लेख्य मत पाएका राई कांग्रेसको परम्परागत मत आधार पुनः एकत्रित गर्ने प्रयासमा छन् । गठबन्धन नभएकाले कांग्रेस यो निर्वाचनलाई ‘रिकभरी चुनाव’ का रूपमा हेरेको छ ।
सुरेशकुमार राई (नेपाली कम्युनिष्ट पार्टी) : वैचारिक निरन्तरता
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेशकुमार राई वैचारिक राजनीति र संगठनात्मक आधारलाई आफ्नो बल मान्छन् । २०७४ को निर्वाचनमा एमालेको समर्थनमा तत्कालीन माओवादीबाट जितेका राई पुन: जितको दाउमा छन् ।
नयाँ र वैकल्पिक शक्ति : प्रभाव बढ्दै
सूर्यबहादुर तामाङ (रास्वपा) : वैकल्पिक राजनीति र युवा मतदातामा केन्द्रित
वलराज राई (श्रम संस्कृति) : श्रम, रोजगारी र सामाजिक न्यायका मुद्दा
हिन्दु धर्म र राजसंस्थालाई मुख्य मुद्दा बनाएका राप्रपा उम्मेदवार विष्णुबहादुर खड्का परम्परागत मतलाई आधार बनाउन लागिपरेका छन् ।
यी दलहरू जितभन्दा बढी मत समीकरण बदल्ने हैसियतमा देखिन्छन्।
२०७९ सालको निर्वाचन प्रत्यक्षतर्फ
एमाले – अम्वरबहादुर रायमाझी : १५,२५१ मत (विजयी)
एकीकृत समाजवादी – जगन्नाथ खतिवडा : १२,८९३ मत
स्वतन्त्र – रामकुमार राई : १०,३७९ मत
मंगोल नेशनल अर्गनाइजेशन – भाष्कर राई : १,४३० मत
रास्वपा – अनिलकुमार श्रेष्ठ : ९१० मत
समानुपातिकतर्फ
एमाले – १३,९०३ मत
कांग्रेस – १०,५१५ मत
माओवादी – ७,४०६ मत
रास्वपा – ३,८०६ मत
एकीकृत समाजवादी – २,२३५ मत
मंगोल नेशनल अर्गनाइजेशन – १,५१७ मत
अंकगणितले देखाउँछ—एमाले अगाडि भए पनि कांग्रेस र वाम घटक मतका आधारमा केही नजिकै थिए । रास्वपाको उपस्थितिले नयाँ धार स्पष्ट संकेत गरिसकेको थियो ।
उदयपुर–२ फेरि चकित पार्ला ?
उदयपुर–२ मा यसपटक चुनाव परम्परा र प्रयोगबीचको द्वन्द्व जस्तो देखिन्छ । एमाले अघिल्लो जित दोहोर्याउने प्रयासमा छ । कांग्रेस विगतको मत फर्काउने दाउमा छ । नेपाली कम्युनिष्ट पार्टी वैचारिक आधारमा छ । र नयाँ दलहरूले युवाको असन्तोषलाई भोटमा बदल्ने प्रयास गरिरहेका छन् । अन्ततः प्रश्न उही छ— उदयपुर–२ ले यसपटक पुरानै प्रतिस्पर्धा दोहोर्याउने कि नयाँ राजनीतिक सन्देश दिने ?

प्रकाशित मिति:
सोमबार, माघ २६, २०८२
१३:१९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्