NL न्यूज
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दै छ । राष्ट्रियसभाको १९औँ अधिवेशनको सातौँ बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछिन्।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, उनले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूचीमा समावेश छ ।

प्रकाशित मिति:
सोमबार, माघ २६, २०८२
१०:२७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्